Monday, December 21, 2009

नेपालको राष्ट्रिय झण्डा


नेपालको राष्ट्रिय झण्डाले अहिलेको स्वरुपमा मान्यता पाएको झण्डै साढे चारदशकमात्रै भयो । राजा महेन्द्रका पालामा जारी २०१९ सालको संविधानबाट अहिलेको स्वरुपको राष्ट्रिय झण्डाले मान्यता पाएको थियो ।
त्यसअगाडि भने नेपालको राष्ट्रिय झण्डा पूरै परिवर्तन नभएपनि सामान्य परिमार्जन भने गरिदै आएको छ । त्यसैले नेपालको राष्ट्रिय झण्डा फेर्ने वा परिमार्जन गर्ने यो पहिलो प्रयास भने होइन । २०१२ सालमा नेपालले संयुक्त राष्ट्र संघको सदस्यताका लागि आवेदन दिदा झण्डा परिवर्तन गर्ने विषयमा छलफल भएको थियो । तर तत्कालिन राजा महेन्द्रले यसलाई रोकेको ध्वजविद् डाक्टर दयाराम श्रेष्ठको भनाई छ ।
२०१९ सालभन्दा अगाडि पनि चन्द्रसूर्य अंकित झण्डा नै प्रचलनमा थियो । तर त्यो झण्डा अहिलेको भन्दा फरक थियो । त्यतिबेलाको झण्डामा सूर्य र चन्द्रमाको

मानवआकृति रहेको थियो । त्यसलाई २०१९ सालमा परिवर्तन गरी चन्द्रमामा पनि आठवटा भूजा राखिएको थियो । २०१९ सालमा तत्कालिन शिक्षा मन्त्री श्रृषिकेश साहको अध्यक्षतामा गठन भएको समितिले नेपालको झण्डालाई अहिलेको स्वरुप प्रदान गरेको ध्वजविज्ञ डाक्टर श्रेष्ठले जानकारी दिनु भयो ।
बेलाबेलामा सामान्य हेरफेर गरिएपनि चन्द्रसूर्य अंकित नेपालको अहिलेको आकारको झण्डा प्रचलनमा आएको भने शदियौं भइसकेको छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने क्रममा गोरखाबाट गद्दी, राजदण्ड र अहिलेको आकारको झण्डा काठमाण्डौं ल्याएका थिए । उनले जुन जुन राज्य एकीकरण गर्दै जान्थे ति ति ठाउमा झण्डा गाड्दै जान्थे । ध्वजविद् डा. श्रेष्ठ पनि पृथ्वीनारायण शाहका पालादेखि नै राष्ट्रिय झण्डाका रुपमा अहिलको आकारको झण्डा प्रचलनमा रहेको बताउनुहुन्छ ।
१९ औं शताब्दीभन्दा अगाडि एउटामात्र त्रिकोण रहेको झण्डा प्रयोगमा आएपनि त्यसपछि भने दुईवटा त्रिकोण भएको झण्डा प्रयोगमा आएको हो । एउटामात्र त्रिकोण भएको झण्डा हिन्दुहरुका मन्दिरमा शदियौं पहिलेदेखि राखिदै आएको थियो । त्यसैले यो झण्डालाई बैदीक कालदेखि नै प्रचलनमा आएको झण्डा मानिन्छ । सिन्धु सभ्यताको विकाशबाट सुरु भएको तीनकुने आकारको झण्डाको प्रचलन ऋग्वेदीक काल हुदै लिच्छवीकालसम्म पनि उस्तै रह्यो । र युगौं युग हुदै अहिलेसम्म सामान्य हेरफेर बाहेक मूलरुपमा जस्ताको तस्तै छ ।नेपालको धैरै मन्दीरहरुमा अहिले पनि नेपालको झण्डाको आकारमा पित्तलका झण्डाहरु देख्न सकिन्छ । इशापूर्वक ५ सय २१ मा लिच्छवी राजा मानदेवले चलाएको मुद्रा मानांकमा पनि त्रिकोणात्मक झण्डाको प्रयोग गरिएको थियो । नेपालको राष्ट्रिय झण्डा चिन्ह र रंगका हिसाबले मात्र हैन आकारका हिसाबले पनि अरु देशको भन्दा फरक छ । किनभने नेपाल बाहेक विश्वका सबै देशका झण्डा चारकुने आकारका रहेका छन् ।
तर चारकुने आकारमा नबनाईएका कारण यो झण्डाले विश्वमा अलग पहिचान बनाएको छत्यतिमात्र हैन विश्वमा झण्डा प्रयोगको इतिहास इशापूर्व ११२२ मा चीनबाट सुरु भएको इतिहास रहेपनि नेपालमा भने यस्तो आकारको झण्डा प्रयोगमा आएको शदियौं भइसकेको छ ।
नेपालको झण्डामा रहेको निलो रंग शान्तिको रंग हो जुन नेपालमा बुद्धको पालादेखि नै प्रयोग हुदै आएको मान्यता रहेको छ । झण्डामा प्रयोग भएको रातो रंग नेपालको राष्ट्रिय फूल लालिगुराँसको रंगसंग मिल्छ भने रातो रंगले बहादुरी र विजयको समेत संकेत गर्छ । झण्डामा रहेको दुईवटा त्रिभुजको अर्थ पनि हिमालयन देशको प्रतिनिधित्वका रुपमा लगाइने गरेको छ ।
त्यसैले सम्पूर्ण नेपालको प्रतिनिधित्व नभएको तर्क गरिन थालेको छ । त्यतिमात्र हैन दुईवटा त्रिभुजले हिन्दु र बुद्ध धर्मको प्रतिनिधित्व गर्ने

गरी झण्डाको परिभाषा गरिदै आएको छ । त्यसैले धर्म निरपेक्ष राष्ट्र घोषणा भइसकेको नेपालमा दुईवटा धर्मको मात्र प्रतिनिधित्व गर्ने झण्डा फेर्नुपर्ने तर्क हुन थालेको छ । रातो त्रिभुज आकारको झण्डा हिन्दु धर्मअनुसार महाभारत र रामायणमा विजयको प्रतिकको रुपमा प्रयोग भएकाले पनि नेपालको राष्ट्रिय झण्डालाई हिन्दुधर्मसंग जोडेर हेर्ने गरिएको छ

from:http://nepalisamachar.com/?p=4230

Saturday, November 21, 2009

hamro nepal

la mero sabai bhanda pahila aafno desh ko photo bata blog suru chha la hernus ta nepalko naksha kati ramro chha hai sansar ma sabai bhanda alag hamro desh nepal aafo matri bhumilai nabhulau ani nepalko maya lai tada huna nadeu hamro desh pyaro desh nepal